भाटभटेनीका गुरुङले एमाले पार्टी कार्यालय बनाउने निर्णय सच्याउन बिन्दा पाण्डेको माग

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले कीर्तिपुरमा  भाटभटेनी सुपर मार्केटमा संचालक  मीनबहादुर गुरुङलाई एमालेको  पार्टी कार्यालय बनाउन जिम्मा दिने निर्णयले साढे ५ लाख पार्टी सदस्यको शिर झुकाएको बताएकी छिन् ।

त्यसैगरी पाण्डेले सो निर्णयले २८ लाख मतदाताको समेत अपमान भएकाले  उक्त निर्णय सच्याउन आग्रह गरेकी छन् । सोमबार सामाजिक सजालमार्फत यसबारे  पार्टीमा छलफल, निर्णय नभएको र जानकारी समेत नभएको बताएकी छिन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि भवनको शिलान्यास गरेका थिए । सो भवन भाटभटेनी सुपरमार्केटका संचालक  गुरूङले बनाइदिन लागेका हुन् । भवन शिलान्यासमा गुरूङ दम्पत्ति पनि सहभागी भएका थिए । पाण्डेले कीर्तिपुरमा एमाले केन्द्रीय कार्यालय भवन व्यवसायीबाट निर्माण गराउने कुरा भविष्यमा पार्टीका लागि आत्मघाती हुने बताएकी छिन् । 

एमालेको पार्टी कार्यालयका लागि गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका हुन् । पाण्डेले मनमोहन अधिकारी र मदनभण्डारीले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउन व्यापारीबाट भवन निर्माण गर्ने गÞलत निर्णय सच्याउनुपर्ने उल्लेख गरेकी छिन । 

प्रतिक्रिया