मनकामना केबलकार मंगलबार देखि तीन दिन बन्द हुने

काठमाडौं । मनकामना केबलकार आगामी तीन दिन बन्द हुने भएको छ । 

मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको हो । दशैंको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द गरिएको थियो । 

सोमबार द्वादशीको एक दिन भने केबलकार चलाइएको छ । दशैंको टीका लगाउन गएकाहरुलाई आउ–जाउ गर्न सहज होस् भनेर सोमबार एक दिन खुला गरिएको र मंगलबार देखि तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रा.लि.ले जानकारी दिएको छ । 

मनकामना केबलकार मर्मत सम्भारका लागि अष्ट्रियाबाट प्राविधिकहरु बोलाइएको छ ।

प्रतिक्रिया