दशैं मनाउन थातथलो गएकाहरुको फर्किने क्रम बृद्धि

काठमाडौं । दशैं मनाउन थातथलो गएकाहरु फर्किने क्रम बृद्धि भएको छ । 

घटस्थापना देखि दशैं मनाउन घर गएका यात्रु दशैंको टीका लगाएर उपत्यका भित्रन थालेका हुन् । मंगलबार देखि सरकारी कार्यालय खुल्ने भएका कारण गाउँ पुगेका सर्वसाधरण र कर्मचारीहरु शहर फर्किने क्रम बढेको छ । 
 
काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रु र सवारीसाधनको संख्यामा समेत बृद्धि भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दशैंमा सुनसान जस्तै देखिने काठमाडौंका सडकहरूमा सवारी साधनको संख्या बाक्लिन थालेको हो ।


 

प्रतिक्रिया