हिजबुल्लाहको आक्रमणमा ४ जना इजरायली सेनाको मृत्यु, ६० जना घाइते

एजेन्सी । लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिना नजिकै रहेको एक सैन्य बेसमा ड्रोनबाट आक्रमण गर्दा ४ जनाको मृत्यु भएको छ । 

आइतबार राति भएको आक्रमणमा ६० जना भन्दा बढी घाइते भएका छन् । हिजबुल्लाहले हमलाको जिम्मेवारी लिंदै आईडीएफको गोलानी ब्रिग्रेडको प्रशिक्षण केन्द्रलाई निशाना बनाएको जनाएको छ । उत्तरी इजरायलको हाइफा शहर बाट ३३ किलोमिटर टाढा रहेको बिन्यामिन नजिकैको आधार शिविरमा आक्रमण भएको भएको हो । 

ड्रोन आउनु अघि खतराको संकेत दिने कुनै पनि साइरन नबज्नाले इजरायली सेनाले सुरक्षा मापदण्ड अपनाउने समय नै नपाएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

राति अबेर  ड्रोन इजरायल प्रवेश गर्दा कुनै चेतावनी साइरन नबजेको बारे अनुसन्धान भइरहेको इजरायली सेनाको प्रतिक्रिया छ । 
 

प्रतिक्रिया