अस्ट्रेलिया सँगको हार पछि भारतको सेमिफाइनल सम्भावना कमजोर

काठमाडौं । भारत महिला टी—२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने सम्भावना सकिएको छ । अस्ट्रेलिया सँगको हारपछि भारतले सेमिफाइनल प्रवेशका लागि न्युजिल्यान्ड र पाकिस्तानको खेलको प्रतीक्षा गर्नुपर्ने भएको हो । 

आइतबार राति  भएको खेलमा पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले ८ विकेटको क्षतिमा १५१ रन जोडेको थियो । जवाफी ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा १४२ रन मात्र बनाएको हो । भारतकी कप्तान हरमन प्रीत कौर र दीप्ति शर्माले चौथो विकेटका लागि ६३ रनको साझेदारी गरिन् । ११० रनमा शर्मालाई गुमाएको भारतका छैटौँ क्रम भन्दा तलका कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क बनाउन सकेनन् । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि ग्रेस ह्यारिसले ४१ बलमा ४० रनको योगदान गरिन् । ब्याटिङ तर्फ १० रन जोडेर बलिङमा २ विकेट लिएकी अनाबल सुदलल्यान्ड खेलको म्यान अफ द म्याच घोषित भइन् । योसँगै अस्ट्रेलिया प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

पाकिस्तानले न्युजिल्यान्ड सँगको खेलमा जित हात पारेमा नेटरन रेटको आधारमा सेमिफाइनल प्रवेश गर्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । यो खेलमा जित हात पारेमा न्युजिल्यान्डको सेमिफाइनल प्रवेशको बाटो खुल्नेछ ।

प्रतिक्रिया