दशैं टीकाको आज तेस्रो दिन, मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं । सोमबार आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद टीका–जमरा थाप्न र आशीर्वाद लिने क्रम जारी छ । 

सरकारी कार्यालयहरु पनि सोमबार सम्म बन्द रहेका छन् । आश्विन शुक्ल प्रतिपदा देखि नवमी सम्म दशैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको प्रसाद स्वरुप टीका र जमरा लगाउन मान्यजन कहाँ जाने गरिन्छ । यो क्रम विजयादशमी देखि कोजाग्रत पूर्णिमा सम्म जारी रहन्छ । 

कोजाग्रत पूर्णिमामा सबै बलि पूर्ति (अखिल बलि पूर्ति) नभए सम्म  नवदुर्गाको प्रसाद लगाउने क्रम जारी राखिन्छ । यस वर्ष असोज ३० गते बुधबार अखिल बलि पूर्ति र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

सबै बलि पूर्ति भए सँगै घटस्थापनाका दिन घरघरमा राखिएको जमरा नदी वा पवित्रस्थलमा लगी सेलाइन्छ । यस पछि विजयादशमी देखि शुरु भएको मान्यजन बाट दुर्गाको प्रसादका रुपमा लगाइने टीका टाला सकिन्छ । 

प्रतिक्रिया