दोलखामा दुई वटा यात्रु बस एक आपसमा ठोक्किँदा ८ जना घाइते

दोलखा । दोलखाको वैत्यश्वर गाउँपालिका–६ गोपीखोलामा  दुई वटा यात्रु बस एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन् । 

आइतबार साँझ ५ बजे पुष्पलाल सडक खण्डमा काठमाडौं बाट रामेछाप तर्फ जादै गरेको वा ५ख ५६३१ नम्बरको अरनिको बस र ओखलढुङगा बाट काठमाडौं तर्फ जादै गरेको प्र ३०१००५ ख ३९५६ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

घाइतेहरुको सदरमुकाम चरिकोटस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया