भारतमा निजी कम्पनीको निर्माण स्थलमा पर्खाल भत्किँदा ९ जनाको मृत्यु

भारतको गुजरातमा एउटा निजी कम्पनीको निर्माण स्थलमा पर्खाल भत्किँदा ९ जनाको मृत्यु 

एजेन्सी । भारतको गुजरातमा एउटा निजी कम्पनीको निर्माण स्थलमा पर्खाल भत्किँदा ९ जना कामदारको मृत्यु भएको छ । 

उक्त घटनामा थुप्रै फसेको आशङ्का गरिएकोे छ । गुजरातको राजधानी गान्धीनगर बाट ४० किलोमिटर उत्तरपश्चिममा रहेको मेहसाना जिल्लाको काडी शहरको जसलपुर गाउँ नजिकै पर्खाल भत्किएको हो । 

भारतीय सञ्चार माध्यमका अनुसार निर्माण स्थलमा माटो खसेको कारण पर्खाल भत्किएको हो ।  एउटा निजी कम्पनीमा ट्याङ्की बनाउन मजदुरहरु खाल्डो खनेको र त्यस क्रममा माटो र जमिन भित्र बनेको पर्खाल भत्किएर घटना भएको जनाइएको छ। 

घटना बारे थप अनुसन्धान भइरहेको समाचारमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया