लमजुङको मकैडाँडामा जीप दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौं । लमजुङको मकैडाँडा मोडमा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । 

घाइतेहरु मध्ये पाँच जनाको अवस्था गम्भिर छ । लमजुङको सारिङ बाट सदरमुकाम बेंशीशहर जाँदै गरेको ग.१ ज ८५५१ नम्बरको जीप मकैडाँडा मोडमा दुर्घटना भएको हो । 

टाउकोमा चोट लागेका पाँच जना घाइतेलाई चितवनको भरतपुर पठाइएको र बाँकीको जिल्ला सदरमुकाममै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया