पाकिस्तानमा भएको झडपमा १६ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिममा भएको  साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिका सहित १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा सुन्नी र शिया मुस्लिम समुदाय  लामो समय देखि लडाइँमा संलग्न छन् । कुर्रममा दुई सम्प्रदायका बिचको रक्तपात पूर्ण भिडन्तले वर्षौं देखि सयौँको ज्यान लिएको छ ।

सुन्नीहरूको एउटा समुह शनिबार अर्धसैनिकहरूको सुरक्षामा यात्रा गरिरहेको अवस्थामा आक्रमणमा परेको कुर्रम प्रशासनका एक वरिष्ठ अधिकारीले नाम नखुलाउने सर्तमा  बताएका छन् ।  अधिकारीका अनुसार उक्त आक्रमणमा १४ जनाको मृत्यु भएको थियो भने  प्रहरीको जवाफी कायर्वाहीमा  दुई जना आक्रमणकारीको मृत्यु भएको थियो ।

जुलाई देखि सेप्टेम्बर सम्ममा भएका झडपहरूमा दर्जनौँ मानिसहरूको मृत्यु भएको छ भने आदिवासी परिषद्ले युद्धविराम बोलाए पछि मात्र अवस्था केहि शान्त भएको जनाइएको छ ।  

अधिकारीहरूले नयाँ युद्धविरामको मध्यस्थता गर्ने प्रयास गरिरहेका छन् । यद्यपि उक्त समुदायहरूले परम्परागत आदिवासी नियमहरु अवलम्वन गर्ने भएकाले दुर्गम क्षेत्रहरूमा पुनः  हिंसात्मक घटनाहरु हुन सक्ने जनाइएको छ । 

सुन्नी मुस्लिम समुदायको बाहुल्यता भएको पाकिस्तानमा सिया समुदायले लामो समय देखि भेदभाव र हिंसाको सामना गर्दै आएको छ ।
रासस 

प्रतिक्रिया