आफ्नो मेडिकल रिपोर्ट जारी गर्दै स्वस्थ रहेको पुष्टि गर्न ह्यारिसको ट्रम्पलाई चुनौती

एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावका क्रममा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आफ्नो मेडिकल रेकर्ड सार्वजनिक गरेकी छन् । 

अभिलेखले  ह्यारिसको स्वास्थ्य अवस्था ‘धेरै राम्रो’ रहेको र उनी राष्ट्रपति पदका लागि पूर्ण रुपमा फिट रहेको देखाएको छ । ह्यारिसले आफ्नो मेडिकल रेकर्ड जारी गर पछि डेमोक्र्याटिक  पार्टीले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको स्वास्थ्य रेकर्ड जारी नगरेकोमा पारदर्शिताको अभावको आरोप लगाएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ह्यारिसले पनि मेडिकल रेकर्डलाई लिएर ट्रम्पको आलोचना गरेकी छन् । उनले ट्रम्पले अमेरिकी जनताले आफू राष्ट्रपति पदका लागि योग्य छन् वा छैनन् भन्ने थाहा पाउन भन्ने नचाहेको आरोप लगाइन् । 

यता ट्रम्पको टोलीले भने मेडिकल रेकर्ड सार्वजनिक नगरी ट्रम्प पूर्ण रूपमा ठीक र उत्कृष्ट स्वास्थ्यमा रहेको जनाएको  समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया