सुख्खा पहिरोले अवरूद्ध अरनिको राजमार्ग सञ्चालनमा आयो

काठमाडौं । सुख्खा पहिरो खसेर अवरूद्ध बनेको अरनिको राजमार्ग सञ्चालनमा आएको छ। काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ८ स्थित ५० किलो भन्ने स्थानमा सुख्खा पहिरो खसेको थियो।

पहिरो पन्छाएर सडक सञ्चालन गरिएको हो । सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रेका पूर्वी भाग जोड्ने उक्त राजमार्ग अवरूद्ध हुँदा सयौं सवारी साधनहरुको लामो लाइन लागेको थियो भने यात्रुहरू मर्कामा परेका थिए।

प्रतिक्रिया