पद र प्रतिष्ठा ईमान र योग्यताका आधारमा पाउनुपर्ने प्रधानन्यायाधीश कार्कीको भनाइ

काठमाडौं । प्रधानन्यायधीश हरिकृष्ण कार्कीले पद र प्रतिष्ठा मागेर होईन आफ्नो ईमान र योग्यताका आधारमा पाउने चलनको बिकास गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले पद र प्रतिष्ठा ईमान र योग्यताको आधारमा पाउनुपर्ने बताएका हुन् ।

उनले आफुले आजसम्म पाएको सम्मानित पदहरु मागेर नभै राज्यबाट नियम पुर्वक पाएकाले राम्रो काम गर्ने कुरामा पछि नपर्ने प्रतिवद्धता पनि जनाए ।

कार्यक्रममा मुडुला कार्की कुलायन व्यवस्था समितिले प्रधानन्यायाधीश कार्कीसहित सम्मानित पदमा पुगेका मुडुला कार्कीहरुलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया