वैदेशिक अध्ययनमा एक महिनामै करिब १५ अर्ब रुपैयाँ बाहिरियो

एक दशकमा विदेश अध्ययन गर्ने तीन गुणाले बढे

काठमाडौ । वैदेशिक अध्ययनमा गत साउनमा मात्रै करिव १५ अर्ब रुपैँया बराबरको विदेशी मुद्रा बाहिरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वैदेशिक अध्ययनमा बाहिरिने रकम करिब ३९ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ। गत आर्थिक वर्षको पहिलो महिनामा यो शीर्षकमा १० अर्ब ७४ करोड रुपैयाँ बाहिरिएको थियोरु। पछिल्ला वर्षमा वैदेशिक अध्ययनका लागि नेपालबाट विद्यार्थीसँगै बाहिरिने विदेशी मुद्रा निरन्तर बढ्दै गएको छ । गत आर्थिक वर्षमा मात्र अध्ययनका लागि मुलुकबाट १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष यो २४ प्रतिशतले बढी हो। पछिल्लो एक दशकमा विदेश अध्ययनका लागि अनुमति लिने संख्या झन्डै तीन गुणाले बढेको मन्त्रालयको तथ्यांक छरु। आर्थिक वर्ष ०७१/७२ मा ३० हजार ७ सय बढीले वैदेशिक अध्ययनका लागि अनुमति लिएका थिए ।

प्रतिक्रिया