गुजरातमा निर्माणाधीन पर्खाल भत्किँदा कम्तीमा ९ जनाको मृत्यु, थुप्रै फसेको आशंका

एजेन्सी । भारतको गुजरातमा एउटा निजी कम्पनीको निर्माणस्थलमा पर्खाल भत्किँदा कम्तीमा ९ जना कामदारको मृत्यु भएको छ । थुप्रै फसेको आशङ्का गरिएकोे छ । गुजरातको राजधानी गान्धीनगरबाट ४० किलोमिटर उत्तरपश्चिममा रहेको मेहसाना जिल्लाको काडी सहरको जसलपुर गाउँ नजिकै पर्खाल भत्किएको हो । निर्माणस्थलमा माटो खसेको कारण पर्खाल भत्किएको हो । मजदुरहरूले उक्त स्थानमा भूमिगत ट्याङ्कीका लागि खाल्डो खनेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।। 

प्रतिक्रिया