युइएफए नेसन्स लिगमा पोर्चुगलको सहज जित

एजेन्सी । युइएफए नेसन्स लिग अन्तर्गत पोर्चुगलले पोल्याण्डमाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा पोर्चुगल ३ —१ गोल अन्तरले विजयी भएको हो । खेलको २६ औँ मिनेटमा बु्रनो फर्नान्डेजको पासमा बर्नार्डो सिल्भाले पोर्चुगललाई अग्रता दिलाएका थिए । ३७ औँ मिनेटमा कप्तान रोनाण्डोले गोल गर्दा टोलीको अग्रता दोब्बर भयो । यो सहित रोनाल्डोले टोलीको लागि ११३ गोल गरेका छन् ।  युरो २०२४ मा एक गोल पनि गर्न नसकेका रोनाल्डोको नेसन्स लिगका तीन खेलमा तेस्रो गोल थियो । लिग १ को गु्रप ए मा रहेको पोर्चुगलले ३ खेल जित्दै ९ अंकसहित शिर्ष स्थानमा रहेको छ । अब टोलीले सबै खेल हारेको स्कटल्याण्डसँग खेल्नेछ । 

प्रतिक्रिया