निर्मल निवासमा टीका लगाउन सर्वसाधारणको घुइँचो, भुटान भ्रमण नितान्त निजी भएको पूर्वराजाको भनाइ(भिडियो)

काठमाडौ। पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिएका छन् । पूर्वराजा शाहले शनिवार अपराह्न ४ बजेदेखि शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिएका हुन् । टीका लगाउन निर्मल निवासमा सर्वसाधारणको घुइँचो लागेको थियो ।

यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो भुटान भ्रमण नितान्त निजी भएको बताएका छन् । शनिवार निर्मल निवासमा सर्वसाधारणलाई दशैंको टीका लगाइदिने क्रममा पूर्वराजा शाहले आफ्नो भुटान भ्रमणबारे निकै चासो व्यक्त भएको भन्दै भ्रमण नितान्त निजी भएको जानकारी गराएका हुन् । 
भुटान भ्रमणमा क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकसँग भेटवार्ता गरेका थिए । भुटान सरकारले पूर्वराजालाई विशेष स्वागत सत्कार गरेको थियो ।


 

प्रतिक्रिया