उम्मेदवार बन्नका लागि रास्वपामा आवद्ध भएको भन्ने मानसिकता त्याग्न लामिछानेको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपामा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सभापति लामिछानेले पछिल्लो समय रास्वपामा सहभागी भएकाहरुले आफू नै भावी सांसद, मेयर, वडाअध्यक्षको उम्मेदवार हो भन्ने गरेकोमा असन्तुष्टि जनाएका हुन् ।

उनले रास्वपामा सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पार्दै रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको जिकिर समेत गरे । 

सभापति लामिछानेले मिसन २०८४ सही नेतृत्व छान्न सकेको खण्डमा मात्रै सफल हुने पनि बताए । उनले नराम्रो काम गर्ने पार्टीका नेताहरुलाई तत्काल कारबाही गर्ने पनि चेतावनी दिए ।

प्रतिक्रिया