शान्ति सैनिकमाथि गोली नचलाउन इजरायललाई बाइडेनको आग्रह

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानमा खटिएका शान्ति सैनिकमाथि गोली नचलाउन इजरायललाई आग्रह गरेका छन् । लेबनानमा हिजबुल्लाहसँगको लडाइँका क्रममा इजरायलले संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकमाथि गोली चलाएको एक दिनपछि राष्ट्रपति बाइडेनले यस्तो नगर्न आग्रह गरेका हुन् ।

पछिल्लो ४८ घण्टामा लेबनानमा संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकमाथि गोली चलाएका दुई घटना भएका छन् । लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) का दुई जना श्रीलङ्काली सैनिक गोलीबारीका क्रममा घाइते भएका छन् ।

इजरायली सेना (आईडीएफ) ले घटनाको लागि आफ्ना सैनिकहरू जिम्मेवार रहेको बताएको छ । फ्रान्स, इटाली र स्पेन लगायतका देशले यस घटनाको कडा निन्दा गरेका छन् ।  

तीन देशले संयुक्त वक्तव्य जारी गर्दै इजरायलको कार्य पूर्ण रूपमा गलत भएको बताएका छन् । श्रीलङ्काको विदेश मन्त्रालयले पनि इजरायली सेनाको कारबाहीको कडा निन्दा गरेको छ ।

प्रतिक्रिया