मिर्गौला पीडितका लागि छ लाख सङ्कलन

तनहुँ  । देवघाट गाउँपालिका–२ नरम निवासी मिर्गौला पीडित ४९ वर्षीय यमबहादुर थापाको उपचारका लागि रु छ लाख सङ्कलन भएको छ । तीन वर्षदेखि सञ्चालित ‘यमबहादुर थापा बचाऊ’ अभियान सञ्चालन गरेर उक्त रकम सङ्कलन गरेको हो ।

अभियानका संयोजक हिरा थापाका अनुसार स्वदेश तथा विदेशमा रहेका नेपालीले उक्त रकम प्रदान गरेका हुन् । कछार सेवा सरोकार समाजका अध्यक्ष खड्क मगरले यमबहादुरको उपचारका लागि देवघाटका विद्यालय, युवा क्लव, टोल विकास संस्था, आमा समूह तथा विभिन्न सङ्घसंस्थासँग पनि अनुरोध गरेका थिए । 

प्रतिक्रिया