पूर्वराजासंग विजयादशमीको टीका लगाउन निर्मल निवासमा उल्लेख्य भिड

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई विजयादशमीको टीका लगाउने क्रम जारी रहेको छ । पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले आज अपराह्न ४ बजेदेखि शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउन शुरु गरेका हुन् । पूर्वराजा शाहसंग टीका लगाउन बच्चादेखि बृद्ध सम्म सर्वसाधारण, कलाकार लगायत हरेक तहतप्काका मानिसको उल्लेख्य भिड लागेको छ ।  नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । 

प्रतिक्रिया