विजयादशमीमा पनि विमानस्थलमा देश छोडेर विदेशिनेहरूको भिड कायमै

काठमाडौं ।  बडादशैंका मुख्य दिन विजयादशमीमा  पनि देश छोडेर  विदेशिनेहरूको भिड कायमै छ।विजयादशमीको दिन पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जानेहरूको भीड लागेको हो।

विजयीदशमीको तयारी घरघरमा भइरहेको क्षणमा पनि नेपालीहरू रोजगारी तथा सरक्ष्ँित भविष्यका लागि स्वदेश छोडन विवश छन्। दसैँ नेपालीहरुको महान चाड हो। यस पर्वमा विशेष गरेर मान्यजनको हातबाट टीका थापेर आर्थिवाद लिने गरिन्छ।

तर, वैदेशिक रोजगारीका कारण धेरैजसो नेपालीहरूले आफूभन्दा ठूलाबाट आर्शिवाद लिने दसैँमा पनि परिवारबाट छुटने क्रम बढदो छ। विजयादशमीको दिनमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक भन्दा बाह्य उडानको चाप देखिएको छ।

देशमा रोजगारीको अवसर नभएपछि नेपालमा विदेशिनेहरूको संख्या प्रतिदिन बढदै गएको छ। नेपालमा सरदर हरेक दिन १५ सयदेखि २५ सयसम्म मानिसहरू विदेशिने गरेको पाइएको छ।

सरकारले रोजगारीका लागि अवसर सिर्जना गरे त्यो क्रम निश्चय नै रोकिनेछ। तर विडम्बनना सरकारको बालीमा बाहेर व्यवहार र  कार्यमा यसप्रति संवेदनशिल भएको पाइदैन । 

प्रतिक्रिया