बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर पोखरेल पक्राउ

मध्य पहाडी लोकमार्ग आयोजनाको आयोजना निर्देशकलाई प्रहरीले पक्राउ गरेको छ । त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका लागि भन्दै भर्ना भएर बसेको अवस्थामा उनलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।
आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप पोखरेलमाथि लागेको छ ।  किशोरीले कालीमाटी स्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिइन ।  यसअघि  ती किशोरीले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै सामाजिक सन्जालमा भिडियो पोस्ट गरेकी थिइन् ।

उनी संलग्न बलात्कार घटनाबारे सामाजिक सञ्जालमा पनि प्रश्न उठेको थियो । 

प्रतिक्रिया