मुख्यमन्त्री कार्कीद्वारा आमाको हातबाट टीका ग्रहण

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९० वर्षीया आमा जानुकादेवी कार्कीको हातबाट टीका तथा जमरा ग्रहण गरेका छन् । टीकाको शुभसाइतमा उनले आज झापाको गौरादह–३ स्थित निजी निवासमा टीका ग्रहण गरेका हुन् ।

मुख्यमन्त्री कार्की आज दिनभर गौराहदस्थित निवासमै बसेर आफन्तसँग शुभकामना आदानप्रदान र टीका लगाउने कार्यक्रम छ । उनले प्राकृतिक विपद्ले दिएको पीडाबीच आपसी सहयोग र सद्भावकासाथ दशैं मनाउन आग्रह गरे । कोशी प्रदेशका केही जिल्लासहित देशका विभिन्न भागमा आएको बाढीपहिरोले जनधनको ठूलो क्षति पुर्‍याएकाले विपद्को सामना गर्दै एकापसमा सहयोग, सद्भाव र भ्रातृत्वका साथ यस वर्षको दशैं मनाउन उनले आग्रह गरेका हुन् ।

प्रतिक्रिया