मन्त्रीले प्रतिबद्धता जनाएपनि निर्माण व्यवसायी पाएनन् बक्यौता भुक्तानी

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँ अघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएको भएपनि व्यवसायीले भुक्तानी रकम पाउन सकेनन् । मन्त्री दाहालले कात्तिकसम्म निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्नेे तयारी भइरहेको जानकारी दिए । उनले पाँच अर्ब ५० करोड भुक्तानी दिइसकेको र तीन अर्ब ५० करोड जति भुक्तानी दिन बाँकी रहेको पनि जनाएका छन् । मन्त्री दाहालले बक्यौता भुक्तानी सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्दा तीन महिना अगाडि रकमान्तर गर्न नपाइने भएकाले कात्तिक लाग्नैपर्ने हुँदा  ढिलाइ भएको प्रष्टीकरण पनि दिएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सरकारबाट अझै रु ४५ अर्ब भुक्तानी हुन बाँकी रहेकाले समयमा भुक्तानी हुन नसक्दा निर्माण उद्योग समस्यामा परेको बताए । 
 

प्रतिक्रिया