कांग्रेससँग आधाआधा कार्यकाल बाँड्नेगरी सरकार गठन गर्न सकिन्छ: हिक्मत कार्की
नेकपा एमाले कोशी प्रदेशका संसदीय नेता हिक्मत कार्कीले नेपाली कांग्रेससँग आधाआधा कार्यकाल बाँड्नेगरी सरकार गठन गर्न सकिने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग उनले कांग्रेस स्पष्ट भएर आएमा कार्यकाल बाँड्नेगरी सरकार गठन गर्न सकिने बताएका हुन । कार्कीले सरकार गठनको दाबीका लागि अन्य दलहरूसँग कुराकानी भइरहेको समेत बताए ।
कार्कीले साउन १७ गतेभित्र कुनै पनि दलको समर्थन प्राप्त हुनेबित्तिकै संविधानको धारा १ सय ६८ को दुई अनुसार बहुमतको सरकार गठनका लागि दावी गर्ने उनको भनाइ थियो । सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्वहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा आजै पुनः कार्यभार सम्हाल्न लागेका छन ।
प्रतिक्रिया