हाइक्याम्पबाट हराएकी एक चिनियाँ पर्यटक दुई दिनपछि सकुशल उद्धार

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल पदयात्राका क्रममा हाइक्याम्पबाट हराएकी एक चिनियाँ पर्यटकको दुई दिनपछि सकुशल उद्धार गरिएको छ।

यही असोज २२ गते राति हाइक्याम्पको होटल नमस्तेमा बास बसेर भोलिपल्ट पदयात्रामा निस्केकी चिनियाँ नागरिक २३ वर्षीया बेला मर्दी आधार शिविरतर्फ जाने क्रममा गलत बाटोबाट गएपछि हराएकी थिइन् ।

प्रतिक्रिया