शान्ति सेनामाथि गोली नचलाउन इजरायललाई अकेरिकी राष्ट्रपति वाइडेनको आग्रह

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले लेबनानमा हिज्बुल्लाहसँग जारी द्वन्द्वका क्रममा संयुक्त राष्ट्रसङ्घका शान्ति सेनामाथि गोली चलाउने काम बन्द गर्न इजरेललाई आफूले अनुरोध  गरिरहेको बताएका छन् । 

विगत २४ घण्टाको अवधिमा शान्ति सेनामाथि इजरेली फौजले गोली चलाएका दुईवटा घटना सार्वजनिक भएपछि बाइडनले इजरायलसँग अनुरोध गरेका हुन्।

इजरेली रक्षा बल (आईडीएफ) ले घटनाका लागि आफ्ना फौजहरू जिम्मेदार रहेका स्वीकार गरेको छ।उक्त घटनामा यूएन इन्टेरिम फोर्स इन लेबनन (युनिफिल) अन्तर्गत खटिएका दुईजना श्रीलङ्काली सैनिक घाइते भएका छन्। इजरायलले प्यालेष्टिनी लडाकू समूह हमासलाई लेवनानमा रहेको हिजबुल्लाहले सघाइरहेको भन्दै आक्रमण गरिरहेको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायमाथि एक्कासी आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या गरेको थियो भने २ सय ५० जनालाई अपहरण गरेको थियो । त्यसपछि इजरायल र हमासबीचको युद्ध जारी छ । हमासलाई विश्वकै शक्तिशाली मानिने मुस्लिम लडाकू समूह हिजबुल्लाहले हातहतियार सहित सघाइरहेको छ ।  
 

प्रतिक्रिया