आजको मौसम यस्तो छ

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज कोशी प्रदेश लगायत मधेश प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । 

महाशाखाले  देशको बाँकी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।महाशाखाका आज बिहान अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

त्यसैगरी दिउँसो कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै आज राती देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
 

प्रतिक्रिया