विपन्न परिवारलाई खाद्यान्न सहयोग

काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १ र ९ का विपन्न २१ घर परिवारलाई खाद्यान्न सहयोग वितरण गरिएको छ । निर्माण व्यवसायी संघ बर्दियाका बरिष्ठ उपाध्यक्ष तथा निर्माण व्यवसायी विमल के.सी.ले ज्याला मजदुरी तथा भारतीय जंगलबाट दाउरा बेची दैनिक जिवन यापन गर्न कष्ट भइरहेका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।

घरमा परिवारको सदस्य कमाउन नसक्ने विपन्न परिवारका सदस्यहरुलाई उनीहरुको घरमा नै पुगेर चामल, नुन, तेल, दाल र नगद १ हजार रुपैयाँ सहयोग गरिएको हो । दशै कसरी मनाउने भन्ने चिन्ताले पिरोलिरहेको समयमा घर आगनमै पुगेर गरिब विपन्न परिवारलाई सहयोग गरेकोमा स्थानीयहरुले खुशी व्यक्त गरेका छन् ।
 

प्रतिक्रिया