कोरियाली युद्ध अन्त्य भएको वर्षगाँठमा प्योङयाङमा सैन्य परेडसहित अत्याधुनिक हातहतियार प्रदर्शन

उत्तर कोरियाले आणविक क्षमताका क्षेप्यास्त्र तथा आक्रमणकारी ड्रोनको प्रदर्शन गरेको छ । प्योङयाङमा आयोजित वृहत सैन्य परेडका क्रममा उत्तर कोरियाले अत्याधुनिक हतियारसहित शक्ति प्रर्दशन गरेको हो । रुसका रक्षामन्त्री तथा चीनका पोलिटब्युरो सदस्य सहितको उपस्थितिमा उत्तर कोरियाली नेता किम जोङ उनले अत्याधुनिक हतियार प्रदर्शन गरेको हो । कोरियाली युद्ध अन्त्य भएको ७०औं वार्षिकोत्सवलाई उत्तर कोरियाले विजय दिवसका रुपमा मनाएको हो । कोभिड १९ महामारीपछि पहिलो पटक विदेशी पाहुनालाई उत्तर कोरियाले मुलुक भित्राएको हो । संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बाबजुद हतियार प्रदर्शनको परेडमा सहभागी हुने रुस र चीनका रणनीतिका विषयमा सुरक्षा परिषदमा छलफल हुने अनुमान गरिएको छ । परेडका क्रममा उत्तर कोरियाले अन्तर महादेशिय ब्यालेष्टिक क्षेप्याष्त्र समेत प्रदर्शन गरेको थियो ।
 

प्रतिक्रिया