आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं उपत्यका सुनसान

काठमाडौं । बडा दशैं मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं उपत्यका सुनसान भएको छ । सधैंजसो ट्राफिक जाम हुने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै गएपछि सुनसान भएका हुन् । सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन कम मात्रै देखिएका छन् ।

किनमेलका पसलहरु पनि प्रायः बन्द छन् । आज महाअष्टमी र महानवमी एकै दिन परेपछि सवारी पुजा गर्ने भएका कारण सडकमा पालतो मात्रामा गाडी गुडेका छन् । काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरु कलंकी, कोटेश्वर, बालाजु, बल्खु लगायतका क्षेत्रमा केहि सवारी चाप रहेको छ।

दशैंमा हुनसक्ने सम्भावित दुर्घटना र आपराधिक घटना न्यूनीकरण गर्न भन्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा विशेष सुरक्षा योजना लागू गरेका छन् ।

प्रतिक्रिया