सुन काण्डको चर्चा सडक देखी सदन हुँदै चिया चौतारी सम्म छ । तस्कर को हो ? कसले ग¥यो तस्करी ? अहिले सम्म कहाँ कहाँबाट कति परिणममा अवैध सुन भित्र्याइयो ? यस्तो जवाफ खोजीरहेका छौ हामी, यो प्रश्नको जवाफ भेटएिको छैन ? यही जवाफ नभेटीएको प्रश्नमा सत्ता पक्ष र प्रतिपक्षी सुन मालीक खोज्ने बहानामा बहस र छलफल होईन आरोप र प्रत्यरोप चलाईरहेका छन् । विडम्बना सुनको मालिक आफ्नै कार्यकर्ता, दाता र शुभचिन्तक पर्लाकी भन्ने भय छ, यी दललाई । सरकारले सुन बरामद गर्छ, प्रतिपक्षी सडकमा राँकेजुलुस निकाल्छ, सञ्जालमा आगो ओकल्छ, सदन अवरुद्ध गर्छ अवैध सुन ओसार पसार गर्ने गिरोहको जरो सम्म पुग्न रचनात्मक सल्लाह र सुझाव होईन। आरोप प्रत्यारोप गरेर लोक हसाईरहेका छन ।
प्रतिक्रिया