भाटभटेनीका सञ्‍चालक गुरुङ र ओलीले गरे एमाले केन्द्रीय कार्यालय भवन शिलान्यासका सञ्‍चालक गुरुङ र ओलीले गरे एमाले केन्द्रीय कार्यालय भवन शिलान्यास

काठमाडौँ ।  नेकपा एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्याश गरिएको छ  एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार कीर्तिपुर नगरपालिका–२ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरेका हुन् ।

काठमाडौँ कलंकी–तीनथानानजिकै १० देखि १२ रोपनी क्षेत्रफल जग्गामा केन्द्रीय कार्यालय भवन बन्ने छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बाढीको सामना गरेको नेकपा एमालेले नयाँ भवन निर्माण गर्ने भएको हो । 

कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरमा रहेको उक्त जग्गा  भाटभटेनीका सञ्‍चालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङले एमाले पार्टी कार्यालय बनाउनका लागि दान दिएका हुन् । गुरुङ दम्पतीले दिएको १० रोपनी १४ आना जग्गामा एमालेको अत्याधुनिक भवन बन्नेछ । साथै उनले उक्त भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेको छ । एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने तयारीका साथ  गुरुङ लागेका हुन् । आफूले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको तथा आफू पहिल्यैदेखि एमाले निकट रहेकोले एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको गुरुङले बताए ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले स्थायी रूपमा भवन निर्माण गर्ने निर्णय गरेको थियो । 
२०७२ को भूकम्पका कारण बल्खुबाट विस्थापित नेकपा एमाले मुख्यालय धुम्बाराही, थापाथली हुँदै हाल ललितपुरको च्यासल पुगेको हो। त्यहाँ पनि बाढी र डुबानले दुःख दिएपछि नयाँ विकल्प खोजिएको हो ।


 

प्रतिक्रिया