राष्ट्रपति पौडेलद्धारा पाटन दरबार स्क्वायरको अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान पाटन दरबार स्क्वायरको अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलाई पाटनमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए । राष्ट्रपति पौडेलले कृष्ण मन्दिर दर्शन गर्नुका साथै सुन्दरीचोक, मूलचोक, केशवनारायण चोक र पाटन संग्रहालयको समेत अवलोकन गरेका हुन । मुटुमा समस्या भएपछिराष्ट्रपति पौडेल झन्डै दुई साता लामो अस्पताल बसाइपछि उनी असार १३ गते निवास फर्किएका थिए । त्यसपछि उनी पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन ।

प्रतिक्रिया