रोशीमा गुडिरहेको सुमोमाथि पहिरो खस्यो


काठमाडौं ।  शुक्रबार बिहान बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको वडा नम्बर ११मा गुडिरहेको टाटा सुमोमाथि  सुख्खा पहिरो खसेको छ । 

सो सुमोलाई  निकाल्न गएको जेसिबि पनि अफ्ठ्यारो सडक भएको कारण खोलामा पल्टिएको छ । पहिरो खस्दा टाटा सुमोमा रहेका यात्रु सामान्य घाइते भएका छन् । सुख्खा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । आजैबाट सो राजमार्ग बाढी पहिरोका कारण अवरुद्ध भएको १४ दिनपछि एकतर्फी संचालन गरिएको थियो । तर सुख्खा पहिरो खसेपछि फेरी सडक अवरुद्ध भएको छ । यही असोज ११ र १२ गतेको बाढी पहिरोले सो राजमार्गको बिभिन्न ठाउँमा पहिरो जानुका साथै बगाएको थियो ।   

प्रतिक्रिया