इटालीको भ्रमण सकेर प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली भ्रमण गरी स्वदेश फर्केका छन । आज  बिहान उनी इटालीको भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै काठमाडौं आइपुगेका हुन । सो क्रममा प्रधानमन्त्रीलाई नेपाली सेनाको एक टुकडीले विमानस्थलमा सलामी अर्पण गरेको छ । प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमा कार्यबहाक प्रधानमन्त्री पुर्णबहादुर खड्का, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायत अन्य मन्त्रीहरु समेत विमानस्थल पुगेका थिए । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ साउन ६ गते इटाली गएका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न तथा अनुकुलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका थिए । सो क्रममा उनले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया