इजरायलको आक्रमणमा लेवनानमा २२ जनाको मृत्यु

एजेन्सी । इजरायलले लेवनानमा बिहिबार राति गरेको  हिजबुल्लाह लक्षित हवाई आक्रमणमा परी २२ जना लेवनानी नागरिकको मृत्यु भएको छ । 

त्यसैगरी आक्रमणमा  ११७ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लेबनानको राजधानी  बेरुतको  मध्य भागमा   बिहीबार राति इजरायलले हिजबुल्लाहका लडाकु लुकेर बसेको आशंकाका  हवाई गरेको थियो । 

यसबारे हिजबुल्लाहका तर्फबाट आधिकारिक भनाई बाहिर आएको छैन । इजरायलले पछिल्लो पटक लेवनानको मुस्लिम लडाकू समूह हिजबुल्लाहलाई लक्षित गरेर हवाइ र स्थल दुबैतर्फबाट आक्रमण गरिरहेको छ । 

सन् २०२३ अक्टोबर ७ मा प्यालेष्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलमा आक्रमण गरेर १२ सय जना इजरायली नागरिकको हत्या गरेको थियो भने २५०जनालाई अपहरण गरेको थियो । त्यसपछि  इजरायल र हमासका लडाकूबीच युद्ध जारी छ ।

हमासलाई लेवनानमा रहेको अर्को मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको हो । हिजबुल्लाहलाई इरानले हातहतियार सहयोग गर्ने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । त्यस कारण इजरायलले हिजबुल्लाह केन्द्रित आक्रमण गरेको हो ।इजरायली आक्रमणमा ४२ हजार भन्दा बढी  प्यालेष्टिनी नागरिकको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजबुल्लाहले पनि इजरायलमाथि गत हप्ता रकेट आक्रमण गरेको थियो ।

इजरायली आक्रमणमा इरानको समर्थन पाएको हिजबुल्लाहका नेताहरु मारिदै गएपछि इरानले हिजबुल्लाहलाई सघाउन इजरायलमाथि गत हप्तहप्ता २ सय वटा मिसाइल हानेको थियो । तर त्यसलाइ इजरायलले रोकेको थियो ।
 

प्रतिक्रिया