अमेरिकाको फ्लोरिडामा मिल्टन आँधीका कारण १६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यमा आएको मिल्टन आँधीका कारण १६ जनाको मृत्यु भएको छ ।

तीमध्ये  पाँच जनाको मृत्यु पूर्वी तटमा रहेको सेन्ट लुसी काउन्टीमा भएको थियो, जहाँ मिल्टन आउनुअघि नै एक दर्जन टोर्नाडो (हावाहुरी) आएको स्थानीय अधिकारीहरूले बताएका छन्।

मध्य फ्लोरिडाको सेन्ट पिटर्सबर्ग र ओर्लान्डोबाट ८० किलोमिटर टाढा रहेको भोलुसिया काउन्टीमा पनि मृत्यु केहीको मृत्यु भएको जनाइएको  छ ।

आँधीका कारण केही क्षेत्रमा १८ इन्च (४५ सेन्टिमिटर) सम्म भारी वर्षा भएको छ र राज्यभरि व्यापक क्षति र विनाश भएको छ, लगभग ३० लाख घर र व्यवसायहरू बिजुली विहीन भएका छन्।
 

प्रतिक्रिया