नेपाल आयल निगमले दशैँ बिदामा इन्धनको अभाव हुन नदिन डिपो खुला राख्दै

काठमाडौं । नेपाल आयल निगमले दशैँ बिदामा इन्धनको अभाव हुन नदिन डिपो खुला राख्ने भएको छ । दशैँको समयमा पेट्रोलियम पदार्थको सहज रुपमा बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा निगमका प्रादेशिक तथा शाखा कार्यालयअन्तर्गतका डिपोहरु आलोपालो खुला गर्ने निर्णय गरिएको हो ।

जसअनुसार विराटनगर, अमलेखगञ्ज, पोखरा, भैरहवा, सुर्खेत, धनुषा, वीरगञ्ज र चारआली डिपो आज र असोज २८ गते दुई दिन खुला हुने भएको छ । दाङको इन्धन डिपो असोज २७ गते खुल्नेछ भने नेपालगञ्जको इन्धन डिपो आवश्यकताअनुसार खुला राख्ने निर्णय गरिएको छ । यस्तै धनगढीको डिपो असोज २४, २७ र २८ गते र थानकोट डिपो असोज २४, २५ र २८ गते खुल्ने छ ।

प्रतिक्रिया