जीवित देवी कुमारीलाई दर्शनका लागि दरबार परिसरको मूलचोकमा राख्दै

काठमाडौँ ।  हनुमानढोकास्थित प्रसिद्ध देवी तलेजु भवानीलाई  विधि विधानपूर्वक दरबार परिसरको मूलचोकमा राखिएको छ ।जीवित देवी कुमारीलाई कालरात्रिका दिन दर्शन गराउन तान्त्रिक विधिबाट विशेष बाजागाजासहित मन्दिरबाट मूलचोकमा राखिएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए ।

उनका अनुसार प्रत्येक वर्ष फूलपातीका दिन शुभसाइत पारेर सारिएकी देवीलाई पूजा गरेपछि दशमीका दिन फेरि तलेजु मन्दिरमा लगेर विराजमान गराइने प्रचलन छ । दशमीका दिन मन्दिरमा फर्काएपछि विजयादशमीको टीका सुरु गर्ने जनाएको छ ।

तलेजु भवानी मन्दिर प्रत्येक वर्ष महानवमीका दिन मात्रै पूजाआराधनाका लागि खुला गर्ने गरिन्छ  । तलेजुलाई सन् १३२२ मा हरिसिंहदेवले सिम्रौनगढबाट काठमाडौँ उपत्यकामा ल्याएको इतिहास छ । 

प्रतिक्रिया