विश्व हेपाटाइटिसविरुद्धको दिवस, विभिन्न कार्यक्रमसाथ मनाइदै
नेपालमा करिव तीन लाख विरामी रहेको तथ्यांक
आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित मनाइदै छ । दिवसका अबसरमा विभिन्न अस्पताल तथा चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तक्र्रिया लगायतका कार्यक्रम आयोजना गरेका छन । हेपाटाइटिससम्बन्धी जनचेतना फैलाउन यस दिवसको विशेष महत्व रहेको चिकित्सकहरु बताउछन । हेपाटाइटिस रोग कलेजोमा सुजन वा सुन्निनु हो जुन विभिन्न प्रकारका सङ्क्रामक भाइरस र गैरसङ्क्रामक कारणले स्वास्थ्यमा समस्या निम्त्याउने गर्छ । कलेजो सिरोसिस, कलेजो क्यान्सर र भाइरल हेपाटाइटिसबाट मृत्युसम्मको कारण हेपाटाइटिस बी र सी रहेको छ । सरकारसँग यकिन तथ्याङ्क नभए पनि नेपालमा तीन लाख जनामा हेपटाइटिस रोग हुनसक्ने चिकित्सकको अनुमान छ । देशभर तीन लाखमध्ये हेपटाइटिस सीका बिरामी एक लाख छन् । चिकित्सकका अनुसार नेपालमा ए र इ बढी देखिन्छ, प्रत्येक वर्ष वर्षायाममा बढी देखिने हुन्छ ।
प्रतिक्रिया