दोलखाको चरङ्गीमा बस दुर्घटना हुदा १ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिका - ८ चरङ्गीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सात जना घाइते भएका छन् । काठमाडौंबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको प्रदेश ३–०१ –००६ ख ४८४३नम्बरको यात्रुवाहक दुर्घटना भएको हो ।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि दोलखाको चरिकोट स्थित सामुदायिक अस्पतालमा पुराएकोमा रामेछाप उमाकुण्ड ६ का २२ बर्षिय लोक बहादुर श्रेष्ठको मृत्युु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकोे अस्पतालले जनाएको छ । बसमा ३२ जना सवार थिए ।

प्रतिक्रिया