नाइजरमा सेना समर्थकद्वारा राष्ट्रपतिको पार्टीको मुख्यालयमा आगजनी

राष्ट्रपति बाजुमलाई रिहा गर्न राष्ट्रसंघको आग्रह

नाइजरमा सेनाका समर्थकले अपदस्थ राष्ट्रपतिको पार्टीको मुख्यालयमा आक्रमण तथा आगजनी गरेका छन । उनिहरुले कार्यालय बाहिर ढुङ्गा हान्नुका साथै सवारी साधन समेत जलाएका हुन । संसद भवन बाहिर भने सत्ता कब्जाको विरोधमा प्रदर्शन भएको थियो । प्रदर्शनमा सहभागीहरुले रुसी झण्डा समेत बोकेका थिए । बुधवार राष्ट्रपति मोहम्मद बाजुमलाई बन्धक बनाएर सेनाले सत्ता हातमा लिएको थियो । राष्ट्रपति बाजुमको रिहाइको लागि आह्वान संयुक्त राष्ट्र संघसहित अन्य देशले आग्रह गरेका छन् । कू पछि संयुक्त राष्ट्र संघले नाइजरमा आफ्नो मानवीय कार्यहरू स्थगित गरेको बताएको छ । संयुक्त राष्ट्रसंघले यसअघि नाइजरमा ४० लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको आवश्यकता रहेको बताएको छ । दुई वर्षअघि नाइजरको राष्ट्रपतिमा निर्वाचित भएका ६४ वर्षीया पश्चिम अफ्रिकामा इस्लामिक लडाकुहरू विरुद्धको लडाइँमा प्रमुख पश्चिमी सहयोगी मानिन्छन ।  युरेनियम धनी देश नाइजरमा अमेरिका र फ्रान्सका  सैन्य अड्डाहरू छन् ।
 

प्रतिक्रिया