गोरखाबाट हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइयो

गोरखा । गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौंको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । 

आज बिहिबार बिहान शुभसाइतमा दरबारका सुसारेहरुले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले बताए ।

बाजागाजा सहितको  र्‍याली निकालेर गोरखा दरबारबाट फूलपाती पठाइएको हो । फूलपाती काठमाडौंको हनुमान ढोका दरबारमा पुर्‍याइएपछि आज साँझ हर्कबढाइँका साथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन  छ ।

गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि हरेक वर्ष बडा दशैंको सातौँ दिन गोरखा दरबारको दशैं घरबाट फूलपातीसहितको डोली हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन रहेको भट्टराईले बताए ।
रासस
 

प्रतिक्रिया