महिला विश्वकप फुटबलमा अर्जेन्टिना र दक्षिण अफ्रिकाले बराबरी
फिफा महिला विश्वकपमा अर्जेन्टिना र दक्षिण अफ्रिकाले बराबरी खेल्दै अंक बाँडेका छन् । न्यूजिल्याण्ड आज बिहान भएको खेलमा दुवै टोलीले दोस्रो खेलमा २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन । अर्जेन्टिनाले दुई गोलले पछाडि रहेको स्थिति उल्टाएर बराबरी गरेको हो । खेलमा अफ्रिकाका लागि लिन्डा माटिहालो र थेम्बी केगाटलानाले गोल गरेका थिए । अर्जेन्टिनाका लागि सोफिया ब्रउन र रोमाना नुनेजले गोल फर्काए । महिला विश्वकपमा दक्षिण अफ्रिकाले जितेको यो पहिलो अंक हो । यो नतिजापछि दुवै टिम समान एक–एक अंकमा समूह ‘जी’ को पुछारमा रहेका छन् । नकआउट चरण प्रवेशका दुवैको सम्भावना कठिन बन्दै गएको छ । समूह चरणको पहिलो खेलमा अर्जेन्टिना इटालीसँग १–०ले पराजित भएको थियो । त्यस्तै दक्षिण अफ्रिका स्वीडेनसँग २–१ गोलले स्तब्ध भएको थियो । आज दिउँसो सवा दुई बजे एलिनाज स्टेडियम अष्ट्रेलियामा युरोकप विजेता इंग्ल्याण्डले डेनमार्कसँग खेल्नेछ । अन्तिम खेलमा अपरान्ह पौने पाँच बजे समूह डी मा रहेका चीन र हाइटी भिडदैछन ।
प्रतिक्रिया