फ्लोरिडाको सारासोटा तिर सर्यो मिल्टन आँधी

एजेन्सी । अमेरिकामा मिल्टन आँधीका कारण विनाशको सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा तयारी तीव्र पारिएको छ । यो आँधी फ्लोरिडाको सारासोटा तिर सरेको छ । आँधीलाई ध्यानमा राख्दै फ्लोरिडाको प्रशासनले तटीय क्षेत्रहरू खाली गर्न आदेश दिइएको छ । करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । लाखौँ मानिस पहिले नै आफ्नो घर छोडेर गइसकेका छन् । यसअघि राष्ट्रपति जो बाइडेनले जनतालाई यो शताब्दीकै सबैभन्दा विनाशकारी आँधी हुने चेतावनी दिएका थिए । 

प्रतिक्रिया