दशै मनाउन उपत्यका छोड्नेको संख्या बढ्यो, आज साँझसम्म ८ लाख यात्रु बाहिरिने अनुमान

काठमाडौ । दशै मनाउन काठमाडौंबाट जन्मथलो फर्किनेको संख्या बढेको छ ।  घटस्थापनादेखि हिजोसम्म ५ लाखभन्दा बढी यात्रु उपत्यकाबाट दसैंका लागि बाहिरिएका छन् । घटस्थापनादेखि दैनिक करिब १ लाख यात्रु बाहिरिरहेको प्रहरीले जनाएको छ । नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा सडक भासिएपछि सहजै यात्रु बस काठमाडौं उपत्यका भित्रन आउन सकेका छैनन् । घटस्थापनायता उपत्यकाका विभिन्न ठाउँबाट दसैंका लागि बाहिरिने सवारी चाप धेरै रहेको छ । बिहीबार साँझसम्म ८ लाख हाराहारी यात्रु बाहिरिने प्रहरीको अनुमान छ । नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड एकतर्फी खुलाइएकाले नागढुंगाबाट उपत्यका भित्रने सवारीसाधनको संख्या भने कम रहेको छ । बाढी र पहिरोका कारण बन्द भएका राजमार्ग चाडबाडका लागि अस्थायी रूपमा मात्र सञ्चालनमा ल्याइएको छरु। बीपी राजमार्गबाहेक मंगलबार साँझसम्म सबै राजमार्ग सञ्चालनमा आएको छ । कलंकी, नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, बल्खुलगायत स्थानमा टिकट काट्न र गाडी पर्खने यात्रुको भीड देखिएको छ । असोज १२ बाट अग्रिम टिकट बुकिङ खुला भएको थियो । विगत वर्षमा दसैंमा उपत्यकाबाट २० लाख हाराहारी यात्रु बाहिरिने गरेका थिए । यो पटक निजी सवारी साधन, हवाईमार्गसहित १० लाखभन्दा बढी यात्रु बाहिरिने यातायात व्यवसायीको अनुमान छरु ।।

प्रतिक्रिया