महिला टी-२० विश्वकप क्रिकेटमा भारतसँग श्रीलंका ८२ रनले पराजित

एनेन्सी । महिला टी—२० विश्वकप क्रिकेटमा भारतले श्रीलंकालाई ८२ रनले पराजित गरेको छ । युएइस्थित दुबईको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा सुरुवाती ब्याटिङ गर्दै भारतले ३ विकेट गुमाएर १७२ रन जोडेको थियो । जवाफी ब्याटिङ गरेको श्रीलंकाले १९ दशमलव ५ ओभरमा ९० रन मात्र जोडेको हो । श्रीलंकाका लागि कविशा दिल्हारीले सर्वाधिक २१ रन जोडिन् । भारतको लागि अरुन्धती रेडी र आशा शोभानाले ३—३ विकेट हात पारे । भारतकी कप्तान हरमनप्रित कौरले अविजित ५२ रन जोडिन् । उनी खेलको प्लेयर अफ द म्याच समेत बनेकी थिइन् । यो जितसँगै भारतको सेमिफाइनल पुग्ने आशा जिवितै रहेको छ । भारत समूह ए को अंकतालिको दोस्रो स्थानमा पुगेको छ । भारतले अर्को खेल अक्टोवर १३ मा अस्टे«लियासँग खेल्ने तय भएको छ ।।  

प्रतिक्रिया