रुपन्देहीको बुटवल बसपार्कमा दशैंको घर जानेहरूको भिडभाड

बुटवल  । दशै लागेसँगै रुपन्देहीको बुटवल बसपार्कमा घर जानेहरूको भिडभाड बढेको छ । पश्चिम नेपालकै ठुलो बुटवल बसपार्कमा दशैँका लागि स्वदेश र बिदेशबाट फर्किएकाहरूको भिडभाड बढेको हो । खासगरी काम र अध्ययनको शिलसिलामा भारत तथा नेपालका बिभिन्न जिल्लामा बसेका सर्वसाधारण बुटवल बसपार्कबाट पाल्पा, गुल्मि अर्घाखाचि, स्याङ्जा, पोखरा, बाग्लुङ, प्युठान लगायतका पहाडी जिल्ला र पश्चिम नेपाल जाने गर्दछन् । यात्रुहरुको चापलाई मध्यनजर गरी पश्चिम नेपाल बस प्रालिले पनि पहाडि जिल्ला र काठमाडौंका लागि बस थपेर यात्रुलाई सुबिधा दिएको जनाएको छ । 
बुटवल बसपार्कमा बिभिन्न जिल्लाका लागि काउण्टरबाट टिकटको ब्यवस्था गरिनुका साथै हेल्प डेक्स पनि राखिएको छ । यात्रुहरूले यस वर्ष बाढीपहिरो, डुवानका कारण यात्रा बिगतको दशैँमा भन्दा केही कष्टकर भएको बताएका छन् । 
यात्रुहरू पनि दशैँ मान्न सार्वजनिक सवारीका साथै निजि, हल्का सवारीसाधन र मोटरसाईकलबाट पनि पहाडी जिल्लातर्फ लागेका छन् । यो पटक बाढी पहिरो, डुवानका कारण बिगतका दसैमा भन्दा घर फर्कनेहरूको सख्यामा भने कमी आएको छ ।
 

प्रतिक्रिया